मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयरबजार घटेपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

abhiyandaily.com

काठमाडौं (अस) । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा समस्या आएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे । मन्त्रीको सचिवालयका अनुसार कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई शर्माले भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)