मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा

ekantipur.com · Wed Jul 10 23:32:58 UTC 2024

काठमाडौँ — ओली वाट्किन्सले इन्ज्युरी समयमा गरेको उत्कृष्ट गोलमा इंग्ल्यान्डले युरो-२०२४ मा बुधबार नेदरल्यान्ड्सलाई २–१ ले हराएर फाइनल प्रवेश गरेको छ । अब आइतबार हुने उपाधिको भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ ।

इंग्ल्यान्ड प्रतियोगिताको फाइनल पुगेको यो लगातार दोस्रो पल्ट हो । डर्टमन्डमा भएको यसपल्टको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले जाभी सिमोन्सको गोलले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)