ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ
ratopati.com · Sun Aug 09 16:13:49 GMT 2026

सङ्खुवासभा, २४ साउनः सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरी एक व्यवसायीलाई पक्राउ गरेको छ ।
सरकारले तोकेको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । खाना पकाउने ग्यास कालोबजारी गरेको आरोपमा खाँदबारी–१ स्थित बुद्धचोकबाट भोजपुरे भाडा पसलका लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)