मौसम विश्लेषणः यस्तो छ तिनदिनको मौसम, कुन प्रदेशमा कस्तो अबस्था ?
ajakoartha.com · Wed Jul 10 23:42:00 UTC 2024

काठमाडाैं- देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ । त्यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
२०८१ असार २८ गते (शुक्रबार)
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)