विम्बल्डन-२०२४ : रेबकिना सजिलै अन्तिम चारमा
ekantipur.com · Wed Jul 10 23:37:44 UTC 2024
काठमाडौँ — पूर्वविजेता एलेना रेबकिनाले बुधबार सजिलै विम्बल्डनको सेमिफाइनल यात्रा निश्चित गरेकी छिन् । उनले सेन्टर कोर्टमा एलिना स्भिटोलिनालाई ६–३ र ६–२ ले हराइन् । उनलाई यो जित निकाल्न ६२ मिनेट मात्रै आवश्यक परेको थियो ।
सन् २०२२ को विम्बल्डन उपाधि जितेकी रेबकिना त्यसपछि सेमिफाइनल पुगेको यो पहिलो पटक हो । अब अन्तिम चारको खेलमा रेबकिनाले बारबोरो क्रेजकिकोभचाको सामना गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)