दिप्केसहित सीजेपीका तीन नेता रिहा
ratopati.com · Sun Oct 11 05:41:55 GMT 2026

नयाँदिल्ली । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्न दिल्ली पुगेका कक्रोच जनता पार्टी (सीजेपी) का तीन नेता रिहा भएका छन् । कार्यकारी मजिस्ट्रेटको अदालतको आदेशपछि अभिजित दिप्के, सौरव दास र आशुतोष रांकालाई आइतबार रिहा गरिएको हो ।
सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले सामाजिक सञ्जाल एक्समार्फत तीनै जना रिहा भएको जानकारी दिएकी हुन् । दिल्ली प्रहरीले शनिबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई हिरासतमा लिएको थियो । त्यसपछि उनीहरूलाई दिल्ली क्यान्ट प्रहरी चौकीमा राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)