पेस्तोलसहित तीन जना पक्राउ
lokaantar.com

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ का २३ वर्षीय आषिश पाण्डे, सोही स्थानका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)