दशैँको मुखमा उखु किसानका लागि आयो खुसीको खबर, सरकारले १ अर्ब ५० करोड अनुदान दिने !
barnanmedia.com · Sun Oct 11 05:45:15 GMT 2026

बालेन सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहन गर्न १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान वितरणसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै अनुदान वितरणको प्रक्रिया अघि बढ्ने भएको हो।
मन्त्रालयका अनुसार स्वीकृत कार्यविधिअनुसार यस वर्ष पनि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ। सरकारले उखु उत्पादनलाई बढावा दिन विगतदेखि नै यस्तो अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)