दाङमा सवारी दुर्घटनाः गाडी चालक अझै फरार
deshsanchar.com · Wed Feb 14 17:10:02 GMT 2024
दाङ–बुधवार बेलुका दाङमा दुई दिदि बहिनी सवार साइकललाई एउटा जीपले ठक्कर दियो। साइकल कच्याक कुचुक परेर बाटो देखी मुन्तिर रुखको आडमा पुग्यो। अनी दिदि बहिनीलाई गम्भिर चोट पुर्यायो र लडायो।
जुन चोटले दुबैलाई कहिल्यै उठ्न नसक्नेगरी अस्ताउने गरायो। प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेत र उनकी २३ बर्षिया बहीनी विपना केसीको मृत्यु भयो। राधालाई उपचारको लागी लमही अस्पताल लगिएको थियो। त्यहाँका चिकित्सकले मृत घोषणा गरे। अनि केसीलाई बुटवल क्रिमसन अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)