बागलुङमा ग्यास वितरण सहज बनाइँदै
reportersnepal.com · Sun Aug 09 16:32:24 GMT 2026

बागलुङ । बागलुङमा सडकबाट बाँडिदै आइएको ग्यास अब डिलरने नै वितरण गर्ने भएको छ । ग्यास आपूर्ती सहज बनाउन जिल्ला प्रशासनले कडाई गरेको छ । बागलुङमा आज एक हजार ९२२ सिलिन्डर एलपी ग्यास वितरण गरिने ग्यास बिक्रेता संघले जानकारी दिएको छ ।
जिल्लामा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङको पहलमा आइतबार सरोकारवाला निकायहरूको बैठकले ग्यास सडकबाट नभई बिक्रेताहरुबाटै ग्यास बितरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बागलुङमा एक हजार १७० सिलिन्डर गृहलक्ष्मी र ७५२ सिलिन्डर शक्ति ग्यास गरी कुल एक हजार ९२२ सिलिन्डर ग्यास वितरणको तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)