मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक, ‘३६ को आँकडा’ को प्रचारमा नयाँ गीत

kalakarmi.com · Sun Oct 11 05:49:42 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘३६ को आँकडा’ को नयाँ गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक गरिएको छ ।

सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ। गीत सार्वजनिक भएसँगै फिल्मको प्रचारप्रसारलाई समेत तीव्रता दिइएको छ । गीतमा फरेन्द्र राईको एरेन्जमेन्ट रहेको छ । गीतको रेकर्डिङ पर्पल रेकर्डिङ स्टुडियोमा गरिएको हो भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)