बागलुङमा ग्यास वितरण सहज बनाइँदै
lokaantar.com

बागलुङमा एलपी ग्यास वितरण अब सडकबाट नभई आधिकारिक डिलरमार्फत गरिने भएको छ। ग्यास आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयले वितरणमा कडाइ गरेको हो।
बागलुङमा आइतबार एक हजार ९२२ सिलिन्डर एलपी ग्यास वितरण गरिने ग्यास बिक्रेता संघले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार गृहलक्ष्मी ग्यासका एक हजार १७० र शक्ति ग्यासका ७५२ गरी कुल एक हजार ९२२ सिलिन्डर वितरणको तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)