भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित तीन नेता रिहा
gorkhapatraonline.com · Sun Oct 11 06:33:34 GMT 2026

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आइतबार रिहा भएका छन् । नयाँ दिल्लीमा शनिबार आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो ।
कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानुनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दिप्केसहित तीनै जनालाई एक वर्षसम्म शान्ति भङ्ग नगर्ने सर्तमा रिहा गरेको हो । दिप्के र अन्य दुई नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिइएको थियो। एएफपीका पत्रकारका अनुसार सेतो सर्ट लगाएका दिप्के अदालतबाट बाहिरिएपछि कालो गाडीमा चढेर गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)