मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प

barnanmedia.com · Fri Jan 02 21:25:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्ण रूपमा तयार रहेको चेतावनी दिनुभएको छ । शुक्रबार उहाँले इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट गर्नुभएको हो ।

बिहीबार इरानका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको छ । अशान्ति फैलिँदै जाँदा पहिलो चरणमै कम्तीमा छ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएका छन् । राजधानी तेहरानमा आइतबारदेखि पसलहरू बन्द गरेर उच्च मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा गरिएको हडताल अन्य क्षेत्रहरूमा पनि फैलिएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)