हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू)
ratopati.com · Sun Oct 11 07:00:47 GMT 2026

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादसैँको सुरुवातका रूपमा लिइन्छ।