अँगालो हाल्दा तनाव कम हुने, पुरुषको तुलनामा महिलामा यसको प्रभाव बढी
nepalipatra.com · Sat Aug 20 06:19:30 GMT 2022
एजेन्सी । यदि कसैले अप्ठ्यारो अवस्थामा अँगालो हाल्यो भने तनाव कम महसुस हुन्छ । अनुसन्धानका अनुसार यो महिलाको सन्दर्भमा बढी हुने गरेको पाइएको छ । ७६ जनामा गरिएको अनुसन्धानमा महिलाले अंगालो हाल्दा ती व्यक्तिमा कोर्टिसोल नामक तनाव हर्मोन कम उत्पादन हुने कुरा पत्ता लागेको थियो ।
यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो । अन्वेषकहरूका अनुसार कोर्टिसोलले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ । जब एक व्यक्तिले मायाले अँगालो हाल्छ, अक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ । यसले कोर्टिसोलको प्रभावलाई कम गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)