मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्राजिलको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको मेटामाथि आरोप

baahrakhari.com · Sun Oct 11 07:06:45 GMT 2026

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको चुनावी टोलीले सामाजिक सञ्जाल कम्पनी मेटामाथि निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको छ । मेटाका प्लेटफर्ममा लुलाका सामग्रीको पहुँच घटाइएको र पोस्ट प्रवर्द्धनमा रोक लगाइएको टोलीको दाबी छ ।

यही अक्टोबर २५ मा हुने राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा लुलाले पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोसँग प्रतिस्पर्धा गर्दै छन् । लुला चौथोपटक राष्ट्रपति बन्ने प्रयासमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)