गहवा माईमा दर्शनार्थीको भीड
nagariknews.nagariknetwork.com · Sun Oct 11 06:44:34 GMT 2026

वीरगञ्जस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ।
माईस्थानमा वीरगञ्ज महानगरसहित आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट पनि भक्तजन आएका छन्। वीरगञ्जका प्रमुख बजारमा बनाइएका पण्डालमा देवीका मूर्ति आकर्षक रूपमा सजाइएका छन्। घण्टाघर, माईस्थान र विर्तामाई पण्डालले सुन्दर भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)