खुल्यो बेनी–जोमसोम सडक
hamrakura.com · Sun Oct 11 00:00:00 GMT 2026

काठमाडौँ। लगातारको अवरोधपछि बेनी–जोमसोम सडक सञ्चालनमा आएसँगै मुस्ताङमा रोकिएका १७३ वटा मालवाहक कन्टेनर आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। चीनको कोरलानाकाबाट आयातित सामान बोकेका ती कन्टेनरहरू पोखरा, काठमाडौँलगायतका प्रमुख सहरी भेगतर्फ लागेका हुन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सडक अवरुद्ध हुँदा विगत दुई सातादेखि मुस्ताङमै रोकिएका कन्टेनरहरू असोज २३ गते साँझ सडक मर्मतपछि खुलेसँगै बाहिरिन थालेका हुन्। सडक सञ्चालन भएको पहिलो दिन ८५ वटा र दोस्रो दिन असोज २४ गते ८८ वटा गरी दुई दिनमा कुल १७३ वटा मालवाहक कन्टेनर बेनीतर्फ प्रस्थान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)