सरकारी वेबसाइट डाउन भएको घटना साइबर आक्रमण : प्रतिवेदन
ratopati.com · Sun Apr 09 22:37:00 GMT 2023
काठमाडौँ । गत माघ १४ गते शनिबार सरकारी निकायहरूको वेबसाइट साइबर हमलाका कारण अवरुद्ध भएको उच्चस्तरीय कार्यदलले प्रतिवेदन पेस गरेको छ । शनिबार दिनको १२ः ०० बजेदेखि वेबसाइटहरू करिब ४ घण्टा अवरुद्ध भएपछि फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समिति गठन गरेको थियो ।
सो कार्यदलले सरकारी एकीकृत डाटा केन्द्र तथा डिजास्टर रिकभरी केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन गरी राय सुझावहरू सहितको प्रतिवेदन आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)