बुद्धले थप्यो १६ औं एटीआर
ekantipur.com · Fri Aug 11 16:56:51 GMT 2023
काठमाडौँ — बढ्दो आन्तरिक उडानलाई थप भरपर्दो बनाउन निजी क्षेत्रको अग्रणी वायुसेवा बुद्ध एयरले आफ्नो बेडामा बिहीबार १६ औं एटीआर जहाज थपेको छ ।
७० सिट क्षमताको एटीआर–७२ जहाज बुद्धले संसारभर जहाज खरिद बिक्री तथा भाडामा कहलिएको अमेरिकन कम्पनी नर्डीक एभिएसनमार्फत खरिद गरेको हो । यो जहाज यसअघि स्पेनको एयर युरोपा एक्सप्रेसले उडाइरहेको थियो । ब्राजिलमा १३ वर्षअघि पहिलो पटक उडान आएको यो जहाजको स्वामित्व लिने बुद्ध ११ औं कम्पनी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)