आईसीसी लिग–२ : क्यानडासँगको खेलमा रोहितको अर्धशतक
ratopati.com · Sun Oct 11 07:28:14 GMT 2026
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानको खेल भइरहेको छ । रोहितले ७५ बलमा ४ चौका, एउटा छक्कासहित ५० रन बनाएर खेलिरहेका छन् । उनको यो एकदिवसीयमा १३औँ अर्धशतक हो ।
उनलाई बसिर अहमदले साथ दिइरहेका छन् । टस हारेर ब्याटिङ गरेको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ । नेपालले अहिले २८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर खेलिरहेको छ । यो खेल नेपाली टोलीका लागि अंकतालिकामा सुधार गर्ने मात्र नभई आगामी विश्वकप छनोटको बाटो सहज बनाउने महत्त्वपूर्ण अवसर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)