एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको १३ औं अर्धशतक
annapurnapost.com · Sun Oct 11 07:25:25 GMT 2026
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडाविरुद्ध रोहित कुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्।
ओमानस्थित एल अमेरत क्रिकेट मैदान (ट्रफ१) मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि रोहितले ७५ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हु्न्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो १३ औं अर्धशतक हो।