अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजद्वारा नेपाली समुदायलाई बडादसैँको शुभकामना: नेपालको बाढीपहिरोप्रति गहिरो दुःख व्यक्त!
barnanmedia.com · Sun Oct 11 07:20:05 GMT 2026

क्यानबेरा — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज (Anthony Albanese) ले अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई हिन्दूहरूको महान् पर्व बडादसैँको शुभकामना व्यक्त गरेका छन्। यसका साथै, उनले हालै नेपालमा गएको भीषण बाढी र पहिरोले पुर्याएको अपूरणीय क्षति र ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दसैँ पर्वले सबैमा आशा, धैर्य र शक्ति प्रदान गरोस् भन्ने कामना गर्दै प्रधानमन्त्री अल्बानिजले सङ्कटको यो घडीमा अस्ट्रेलिया सधैँ नेपालको साथमा रहेको प्रतिबद्धता दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)