मृगतृष्णा नबनोस् मेलम्चीको पानी
annapurnapost.com · Wed Oct 19 00:49:00 GMT 2022
पूर्वाधार निर्माणमा राज्यको निरीहता, असमर्थता र अकर्मण्यताको उदाहरण हो, मेलम्ची खानेपानी आयोजना। सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंमा खानेपानीको अभाव पूर्ति गर्ने परिकल्पना ५० वर्षअघि नै गरिएको थियो। जसको निर्माण टुंगो २०५७ तिर लगाइयो। सम्पन्न गर्ने लक्ष्य २०६४÷६५ सम्म नै थियो। तर, आजका मितिसम्म मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा आउन सकेको छैन। पोहोर साल पानी आएको पनि हो। २०७७ चैतमा राष्ट्रपतिबाट उद्घाटन पनि गरियो। तर, २०७८ असारमा आएको बाढीले ठूलो क्षति पुर्यायो र मुहान बुझियो। अर्बभन्दा बेसी खर्च हुने गरी भएको क्षतिको दोष केवल सामान्य ढंगले अनुमान गरिएभन्दा ठूलो आएको बाढीलाई मात्रै दिन मिल्दैन।
अन्तर्राष्ट्रिय स्तरकै विज्ञहरू लगाएर आयोजनाको डीपीआर तयार भएको थियो। त्यस्तो अध्ययन र प्रतिवेदनले पक्कै पनि ठूलाठूला जोखिम र प्रकोप आकलन गरिएको हुनुपर्ने हो। यसै पनि मेलम्ची आयोजना एकाध वर्षका लागि होइन, सय वर्षका लागि हो, थियो पनि। त्यहाँको भौगोलिक अवस्थिति र सम्भावित जोखिम अनि त्यसको व्यवस्थापन हुन नसक्नु ठूलो गल्ती हो। दुर्भाग्य, आयोजना सुरु हुनै समय लाग्यो। खर्च प्रक्षेपण गरेभन्दा धेरै भइसक्यो। यसको परिकल्पना, अध्ययन, अनुसन्धान, निर्माण हुँदै अहिलेसम्मको ३५ वर्षमा ७० अर्ब रुपैयाँ खर्च भएको छ। धेरैपटक निर्माण सम्झौता तोड्ने र बदल्ने काम भए। कहिले ठेकेदार भागे। कहिले सरकारले नै फेर्यो। यसबीचमा भएको समय र पैसाको लगानी कति धेरै हिनामिना भयो भन्ने हिसाब निकाल्न र यकिन गर्न मुस्किल छ। मेलम्ची मुलुककै एक स्वप्न आयोजना हो। यस्तो आयोजना त्यहाँको कमजोर भूबनोट, अनुमान गरिएभन्दा ठूलो बाढी र भूकम्पका कारण प्रभावित हुनु आयोजनामा भएका लापरबाहीकै परिणाम हो। देशकै ‘ड्रिम प्रोजेक्ट’ त्यस्ता प्रकोपको जोखिममुक्त हुन सक्ने गरी निर्माण हुनुपथ्र्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)