रिहापछि युट्युबर ध्रुव राठीको आरोप- मलाई अपहरण गरियो
bishowkhabar.com · Sun Oct 11 07:30:59 GMT 2026

काठमाडौं– चर्चित युट्युबर ध्रुव राठीले आफूलाई प्रहरीले ‘अपहरण’ गरेको आरोप लगाउँदै अहिले आफू घाइते भएको बताएका छन् । गुरुग्राममा हिरासतमा लिइएका राठीलाई केही घण्टापछि प्रहरीले रिहा गरेको थियो ।
राठीले आफ्नो राहदानी देखाउँदै आफू भारतीय नागरिक भएको पनि स्पष्ट पारे । राठीले सामाजिक सञ्जालमा एउटा भिडियो जारी गर्दै भनेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि यो मेरो राहदानी हो र म भारतीय नागरिक हुँ र रहनेछु । यो सरासर झूट हो कि मसँग विदेशी राहदानी छ र म विरोधमा भाग लिन सक्दिनँ । म एक भारतीय नागरिक हुँ र मलाई कुनै पनि साधारण नागरिक जस्तै अधिकार छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)