मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढीगण्डकीको बाढीपछि तनहुँमा सतर्कता

gorkhapatraonline.com · Sun Oct 11 07:43:20 GMT 2026

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिकाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नदीको बहावमा उतारचढाव भइरहेकाले जिल्ला प्रशासन कार्यालय तनहुँले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी किनारमा नजान आग्रह गरेको हो ।

सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ । प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीय बासिन्दालाई सचेत गराइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)