सीजेपी प्रदर्शनसम्बन्धी मुद्दामा मेट्रोरेल र इन्टरनेट अवरुद्ध नगर्न अदालतको आदेश
baahrakhari.com · Sun Oct 11 07:48:14 GMT 2026

काठमाडौं । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीको जन्तरमन्तरमा ककरोच जनता पार्टी (सीजेपी)को प्रदर्शनसँग सम्बन्धित मुद्दामा मेट्रो तथा रेल नियमित सञ्चालन गर्न र इन्टरनेट सेवा अवरुद्ध नगर्न आदेश दिएको छ । अदालतले कानुनी प्रक्रियाबाहेक कसैलाई हिरासतमा नलिन र सडकमा लगाइएका अवरोधको तत्काल समीक्षा गर्न पनि निर्देशन दिएको छ ।
अदालतमा सुनुवाइका क्रममा वकिलहरूले अक्टोबर १० मा भएको प्रदर्शनका क्रममा प्रहरीले आफूहरूमाथि कुटपिट गरेको आरोप लगाएका थिए । कुटपिटमा परेका केही वकिल समेत अदालतमा उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)