मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मानसिक स्वास्थ्य समस्या: बुझाइ, चुनौती र रोकथामका उपाय

swasthyakhabar.com · Sun Oct 11 07:53:04 GMT 2026

अक्टोबर १० का दिन विश्वभर ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाइन्छ। विश्वमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हरेक ८ जना मानिसमध्ये १ जनामा मानसिक स्वास्थ्य समस्या पाइएको छ। यस वर्षको मूल नारा “जीवनका वास्तविक अनुभवहरू सुनौँ: वास्तविक आवाज, वास्तविक परिवर्तन” रहेको छ।

मानसिक स्वास्थ्यको क्षेत्रमा हामीले धेरै कुरा गरेका छौँ; अस्पताल बनाएका छौँ, औषधि विकास गरेका छौँ तथा मनोचिकित्सा र मनोवैज्ञानिक उपचारका विधिहरू पनि विकास गरेका छौँ। तर, एउटा महत्त्वपूर्ण कुरा- मानसिक स्वास्थ्य समस्याको उपचार गर्दा हामी प्रायः बिरामीको लक्षण, निदान र औषधिमा मात्र केन्द्रित हुन्छौँ। बिरामीले के अनुभव गरिरहेको छ? उसको डर के हो? उसले समाजबाट कस्तो व्यवहार पाएको छ? उसको परिवारले के भोगिरहेको छ? उसलाई उपचारमा के कुराले सहयोग गर्छ? जस्ता विषयलाई हामी कमै मात्र हेर्छौँ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)