नेपालमै उत्पादित ‘कार–टी’ सेलबाट पहिलोपटक क्यान्सर उपचार, स्वास्थ्य विज्ञानमा ऐतिहासिक उपलब्धि
baahrakhari.com · Sun Oct 11 07:52:14 GMT 2026

काठमाडौं । नेपालमै विकसित र उत्पादित ‘कार–टी’ सेल प्रयोग गरेर पहिलोपटक क्यान्सरका बिरामीको उपचार गरिएको छ। सेन्टर फर रिजिनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा सम्पन्न यो उपचारलाई नेपालको क्यान्सर उपचार तथा जैविक चिकित्सा अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) अर्थात् रगतको क्यान्सरको एक प्रकारबाट पीडित बिरामीलाई असोज ११ गते चिकित्सक टोलीले नेपालमै उत्पादित कार–टी सेल प्रदान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)