आफूलाई पक्राउ नभई अपहरण गरिएको युट्युबर ध्रुव राठीको आरोप
clickmandu.com · Sun Oct 11 07:56:21 GMT 2026

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रस्तावित विरोध प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएका बेला गुरुग्राम प्रहरीद्वारा नियन्त्रणमा लिइएका युट्युबर ध्रुव राठीले शनिबार अबेर रिहा भएको केही घण्टापछि आइतबार एक भिडियो वक्तव्यमार्फत आफ्नो ‘अपहरण’ भएको बताएका छन् ।
राठीले एक्समा पोस्ट गर्दै आफूले गुरुग्राम प्रहरीलाई कुनै लिखित प्रतिबद्धता दिएको भन्ने समाचारलाई पनि खण्डन गरे । ‘म पक्राउ वा नजरबन्दमा परेको थिइनँ । मेरो अपहरण भएको थियो,’ उनले इन्स्टाग्रामको एक पोस्टमा क्याप्सन लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)