दशैं घरमा राखियो जमरा
kendrabindu.com · Sun Oct 11 08:01:32 GMT 2026

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको वडादशैं सुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापना, नेपालीको घरघरमा जमरा राखिएको छ ।
विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)