महिला प्रतिनिधित्व बढाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड
ekagaj.com · Thu Jul 28 16:14:55 GMT 2022
काठमाडौँ - आगामी निर्वाचनमा महिला प्रतिनिधित्व बढाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिइएको छ । यहाँ आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक संघीय संसद्का महिला सांसदसँगको अन्तक्र्रियामा सहभागी वक्ताले संसद्मा महिला प्रतिनिधित्व बढाउन संविधानमा आवश्यक संशोधन तथा अध्यादेश ल्याउनुपर्ने सुझाए ।
सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला अधिकार उनीहरुको दबाबका कारण भएको बताउँदै महिला वर्गको नेतृत्व विकासमा राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकमा भएको परिवर्तनपछि जनताको जीवनस्तरमा सुधार नभएको बताउँदै उनले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे । उनले जनताका प्रत्येक प्रश्नको उतर दिनुपर्ने विचार व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)