मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश २ मा अपराधमा वृद्धि

deshsanchar.com · Thu Aug 05 16:19:02 GMT 2021

जनकपुरधाम– प्रदेश २ मा अपराध बढेको छ। भारतीय सीमासँग जोडिएको यस प्रदेशमा ४.४७ प्रतिशतले अपराध बढेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

०७७/७८ मा ७ हजार २ सय १ वटा आपराधिक घटना भएको हो। जुन ०७६/७७ मा ६ हजार ८ सय ९३ थियो। गत वर्ष सबैभन्दा बढी सामाजिक अपराध भएको हो। गत वर्ष १ हजार ८ सय ३२ वटा सामाजिक अपराधको घटना दर्ता भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)