जनकपुरमा प्रहरी र स्थानीयबिच झडप: सात प्रहरीसहित एक जना गोली लागी घाइते
ratopati.com · Sun Aug 31 17:18:00 GMT 2025

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठामा शनिबार प्रहरी र स्थानीयबिच भएको झडपमा सात प्रहरीसहित एक जना स्थानीय गोली लागी घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार २९ वर्षीय लक्ष्मण मुखियालाई प्रहरीले चलाएको गोली लाग्दा दुवै घुँडामा चोट पुगेको हो। उनको जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइते सात प्रहरी र केही सर्वसाधारणको पनि त्यही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)