मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्रोकर कम्पनी पब्लिकमा लैजान माग

nayapatrikadaily.com · Thu Feb 29 00:28:00 GMT 2024

ब्रोकरहरूले पब्लिक कम्पनीमा परिणत हुने प्रावधान ल्याउन माग गरेका छन् । स्टक ब्रोकर एसोसिएसनले लामो समयदेखि ब्रोकरहरू पनि पब्लिकमा गएर सार्वजनिक सेयर निष्कासन (आइपिओ) जारी गर्न पाउनुपर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा पटक–पटक माग राख्दै आएका छन् ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले सरकारले कडा नीति बनाएर पब्लिकमा जान पाउने प्रावधान ल्याएमा अधिकांश ब्रोकर कम्पनीहरू पब्लिकमा जान तयार रहेको बताए । उनले भने, ‘धेरैपटक बोर्डमा हामीले पब्लिकमा जानुपर्ने कुरा उठाउँदै आएका पनि छौँ, तर ठोस निर्णय हुन सकेको छैन ।’ बोर्डले नीतिगत तयारी थाल्ने हो भने इच्छुक कम्पनीहरू अहिले पनि जान तयारी अवस्था रहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)