काठमाडौं प्लाजा नै किन्ने तयारीमा महानगर
nayapatrikadaily.com · Wed Nov 22 00:26:00 GMT 2023
मासिक ६० लाख ५० हजार भाडा तिर्ने गरी नेपाल ट्रस्टको भवन काठमाडौं प्लाजामा बसाइँ सरेको काठमाडौं महानगरपालिकाले सोही भवन नै किन्ने तयारी गरेको छ । काठमाडौं प्लाजाबाट महानगरका सबै विभाग तथा शाखा, महाशाखाहरू सञ्चालन गर्न सहज हुने र एकै भवनबाट सेवा प्रवाह गर्न सकिने भन्दै महानगरले सो भवन खरिद गर्ने तयारी गरेको हो ।
हाल रेट्रोफिटिङ प्रक्रिया अघि बढेको सुन्धारास्थित बागदरबार तयार भइसके पनि त्यहाँ महानगरका सबै कार्यालय अट्दैनन् । सबै कार्यालय अटाउन काठमाडौं प्लाजा नै उपयुक्त देखिने निष्कर्षसहित त्यसलाई आफ्नै बनाउन मेयर बालेन्द्र साह नै अघि बढेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार काठमाडौं प्लाजा किन्ने विषयमा नेपाल ट्रस्ट र संघ सरकारसँग छलफल भने भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)