उपसभापति खुलातर्फ चन्द्र भण्डारी र मधु आचार्य, समावेशीतर्फ बिनोद चौधरीको अग्रता कायमै
hamrakura.com · Sun Oct 11 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ दुई हजार दुई सय ३१ मत गणना भइसक्दा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्यले आफ्नो अग्रता कायम राखेका छन्।
निर्वाचन समितिको अद्यावधिक मतपरिणामअनुसार दुई सिटका लागि भइरहेको खुला उपसभापति पदको प्रतिस्पर्धामा एक हजार ५७ मत प्राप्त गरी डा. चन्द्रकान्त भण्डारी पहिलो स्थानमा रहेका छन् भने ७१२ मतका साथ ई. मधु आचार्य दोस्रो स्थानमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)