कांग्रेस उपसभापतिमा खुलातर्फ चन्द्र भण्डारी अगाडि, समावेशीतर्फ चौधरीको अग्रता
kendrabindu.com · Sun Oct 11 08:26:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको पनि मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र समावेशीतर्फ विनोद चौधरीले अग्रता लिएका छन्।
२ हजार २३१ मत गणना हुँदा खुलातर्फका उम्मेदवार डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। त्यस्तै, ई. मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)