हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)
khabarhub.com · Sun Oct 11 08:29:59 GMT 2026

काठमाडौं – नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ । नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादशैंको सुरुवातका रूपमा लिइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)