बीजमन्त्रको खोजी
ekantipur.com · Sun Aug 31 17:39:03 GMT 2025

अचेलभरि सल्लाह पनि छरितो भएको छ । सल्लाहदाता भन्छन्– ३० सेकेन्डको टिकटक वा १ मिनेटको रिल, त्यत्ति हो है ! त्योभन्दा रत्तिभर बढी कसैले हेर्दैन । यस्तै बेला टिकटके हुलले माडेको तोरीबारी झलझली याद आउँछ । तोरीबारीको माटो खिप्न टिकटके पहिला आउँछ कि किसान ? एउटा बारीमा कति समय गुजारेपछि त्यो पहेँलपुर तोरीबारी हुन्छ ? तीस सेकेन्डमा बाँझो फुटाइन्छ ?
एक मिनेटमा तोरी छरिन्छ ? गोडमेल र हेरचाह, घामको पहार र शीतको सिँचाइ, किसान र प्रकृतिले कति प्रहर लगानी गरेपछि तोरीबारी गुल्जार हुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)