घरघरमा राखियो जमरा
nepalnews.com · Sun Oct 11 08:32:05 GMT 2026

काठमाडौं। आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दशैंघर र पूजा कोठामा जमरा राखिएको छ। दशैंघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादशैं सुरु भएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी घटस्थापनासहित आज नै जमरा राख्न आह्वान गरेको थियो। सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चलेपछि समितिले आजै त्यसो गर्नुपर्ने बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)