अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड
nagariknews.nagariknetwork.com · Tue Jun 30 03:55:24 GMT 2026

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री, वैज्ञानिक र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिइएको छ।
सोमबार गोष्ठीको उद्घाटन गर्दै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक सुशीलसिंह राठौरले सूचना तथा सञ्चार प्रविधिको विकाससँगै साइबर अपराध, वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन तथा अन्तरदेशीय अपराधका चुनौती बढ्दै गएको बताए। उनले अनुसन्धान अधिकृतको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल प्रहरी