मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भेनसलाई अस्ट्रेलियन ओपन वाइल्डकार्ड

barnanmedia.com · Fri Jan 02 21:35:00 GMT 2026

सात पटककी ग्रान्डस्लाम एकल च्याम्पियन अमेरिकी टेनिस स्टार भेनस विलियम्सलाई ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनका लागि वाइल्डकार्ड प्रदान गरिएको छ । यससँगै उहाँ सिजनको उद्घाटन ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नुभएको छ ।

हालका वर्षहरूमा सीमित सङ्ख्यामा मात्र एकल खेल खेलेकी भेनस विलियम्सले सन् २०२१ पछि पहिलो पटक मेलबर्न पार्कमा आयोजना हुने मुख्य ड्रमा प्रतिस्पर्धा गर्नुहुनेछ । लामो समयपछि पुनः ग्रान्डस्लाम कोर्टमा फर्किन पाउँदा आफू निकै उत्साहित रहेको उहाँले बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)