विद्यार्थी बोक्ने बसको सुरक्षा सुनिश्चित गर !
baahrakhari.com · Sun Oct 11 08:36:07 GMT 2026

पोखरामा शुक्रवार भएको स्कुल बस दुर्घटनाले थोत्रा सवारी साधनको नियमित र प्रभावकारी अनुगमन नहुँदा हुनसक्ने भयावह क्षतिप्रति ध्यानाकर्षण गरेको छ । स्थानीयले प्रयोग नगर्न आग्रह गर्दा पनि कालिका इङ्लिस बोर्डिङ स्कुलले चलाउँदै आएको ग २ ख १४१७ नम्बरको पुरानो बस शुक्रबार बिहान दुर्घटना हुँदा ४ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भएको थियो ।
यदाकदा दुर्घटना भवितव्य पनि हुन्छ तर अधिकांश भने मानवीय कारणबाटै हुनेगरेको देखिन्छ । त्यसमा पनि चालकको असावधानी वा लापरवाहीका कारण भयावह दुर्घटना र मानवीय क्षति हुनेगर्छ । यस्तै प्राविधिक दृष्टिले असुरक्षित सवारी साधन पनि दुर्घटनाको प्रमुख कारणमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)