रिहा भएलगत्तै बोले ध्रुव राठी, भन्छन् - मलाई पक्राउ होइन, किडन्याप गरिएको हो !
barnanmedia.com · Sun Oct 11 08:42:30 GMT 2026

भारतका चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी घरबाट जबर्जस्ती लगेको र कुटपिटसमेत गरेको गम्भीर आरोप लगाएका छन्। शनिबार (अक्टोबर १०) प्रहरी नियन्त्रणमा परेका राठीले रिहा भएपछि आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूलाई पक्राउ वा सामान्य हिरासतमा राखिएको नभई अपहरण गरिएको दाबी गरेका हुन्। उनले आफ्नो भारतीय नागरिकतामाथि उठाइएका प्रश्नको जवाफ दिँदै भारतीय राहदानीसमेत देखाएका छन्।
राठीका अनुसार शनिबार बिहान करिब ७ बजे हरियाणाको गुरुग्रामस्थित उनको घरमा सामान्य पोसाकमा आएका करिब २० जनाले जबर्जस्ती प्रवेश गरेका थिए। आफू सुतिरहेको अवस्थामा शयनकक्षबाट बाहिर निकालिएको, परिवारका सदस्यसँग दुर्व्यवहार गरिएको र त्यसक्रममा आफूलाई चोटसमेत लागेको उनको आरोप छ। उनले प्रहरीबाट कुनै पक्राउ पुर्जी वा कानुनी कारण नदेखाइएको तथा आफूलाई करिब २२–२३ घण्टासम्म विभिन्न स्थानमा राखेर मोबाइल प्रयोग गर्न र वकिलसँग सम्पर्क गर्न नदिइएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)