आईसीसी लिग- २ क्रिकेटः क्यानडाविरुद्ध रोहितको शतक पूरा
bishowkhabar.com · Sun Oct 11 08:45:48 GMT 2026
काठमाडौं– ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत आज भएको खेलमा नेपाली ब्याटर रोहित पौडेलले क्यानाडाविरुद्ध शतक पूरा गरेका छन् । उनले १२५ बलमा ८ चौका र १ छक्कासहित १०० रन बनाएका हुन्।
१० रनमा २ विकेट गुमाएको नेपाललाई रोहित र अर्जुन कुमालले सम्हालेका थिए। अर्जुन २३ रनमा आउट भएपछि बसिर अहमद पनि ३० रन बनाएर आउट भए । अहिले रोहितलाई गलशन झाले साथ दिइरहेका छन् । उनले २६ बलमा ३३ रन बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)