बाढीपछि सडक जोड्न सेनाले बनायो २४० फिट लामो पुल, चार दिनमै निर्माण सम्पन्न
kalakarmi.com · Sun Oct 11 08:57:38 GMT 2026

काठमाडौं- नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।
सेनाले आइतवार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ । भोटेकोसीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले फलाकु खोलामा एक्रो ब्रिज निर्माण गरेको हो । पुल निर्माण गर्नुअघि नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा रहेका कठिन चट्टान फुटाएर पहुँचमार्ग तयार पारेको थियो । त्यसपछि असोज २० गतेदेखि प्रारम्भ गरिएको पुल जडानको काम असोज २४ गते पूरा भएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)