अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबिच भेटवार्ता
ratopati.com · Sun Aug 31 18:02:00 GMT 2025

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबिच भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र कतारबिच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौँमा आयोजना गर्ने सहमति भएको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)