हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के
khabarhub.com · Sun Oct 11 09:02:39 GMT 2026

काठमाडौं – ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त भएको केही घण्टामै महाराष्ट्रस्थित आफ्नो गाउँतर्फ प्रस्थान गरेका छन् । शनिबार हजुरआमाको निधन भएपछि उनी शोकमा परेको आफ्नो परिवारसँग रहन गाउँ फर्किएका हुन् ।
प्रहरी हिरासतबाट छुटेपछि सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै दिप्केले दु:खको यस घडीमा परिवारको साथमा रहन गाउँ फर्किरहेको जानकारी गराएका छन् । गाउँ फर्किए पनि आफ्नो समूह पछाडि नहट्ने र कसैसँग नडराउने भन्दै उनले दृढता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)